एभरेष्ट बैंकको सञ्चालक समितिको अध्यक्षमा डा.वैद्य नियुक्त

लोकपथ
105
Shares

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त भएका छन् ।

बैंकको बिहिबार सम्पन्न भएको तीन सय ६० औं सञ्चालक समितिको बैठकले सञ्चालक समितिका सदस्य डा. बालगोपाल वैद्यलाई सञ्चालक समितिको अध्यक्ष नियुक्त गरको हो ।

साथै उनले शुक्रबारको दिन नेपाल राष्ट्र बैंकका गभर्नर समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् । विगत २० वर्ष देखि बैंकको सञ्चालक समिति सदस्य रहिरहेका डा. वैद्य लामो समयदेखि अर्थ विज्ञका रुपमा समेत परिचित रहेका छन् ।

राष्ट्रिय योजना आयोगका पूर्व सदस्य रहिसकेका डा. बालगोपाल वैद्यले फिलिपिन्सबाट अर्थशास्त्र विषयमा विद्यावारिधी गरेका छन् ।

साथै, उनी बोर्ड अफ ट्रष्टी र गरिबी निवारण कोषको सदस्य समेत रहनु भएको थियो । उहाँको अध्यक्षतामा एभरेष्ट बैंकले उल्लेखनीय प्रगती गर्दै बैंकको नारा अनुसार कार्य सम्पादन गर्न सफल मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?