तीन पटकका युरो कप च्याम्पियन स्पेनको कठिन जित, नर्वे स्तब्ध

एजेन्सी । युरो कप फुटबल छनोट अन्तर्गत तीन पटकका च्याम्पियन स्पेन विजयी भएको छ ।

शनिवार राति सम्पन्न भएको समूह ‘एफ’को खेलमा स्पेनले नर्वेलाई २-१ गोल अन्तरले पराजित गरेको हो । खेल शुरु भएको १६ मिनेटमा नै स्पेनका लागि रोड्रिगोले गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाए ।

प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफसम्म १-० गोल अन्तरले पछाडी परेको नर्वे ६५ औँ मिनेटमा पेनाल्टी हान्ने अवसर पायो । सो अवसरलाई सदुपयोग गर्दै किङले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए ।

किङले गोल गरेपछि निक्कै आक्रामक बनेको स्पेनका लागि ७१ औँ मिनेटमा सर्जियो रामोसले गोल गर्दै खेललाई २-१ को स्थितीमा पु-याए । रामोसले जारी सिजनमा गरेको यो १६ औँ गोल हो । 

त्यसपछि खेलमा थप गोल भएन र खेल स्पेनले आफ्नो पक्षमा पा¥र्यो । जितपछि स्पेनले एक खेलबाट ३ अंक जोडेको छ । स्पेनले सन् १९६४, २००८ र २०१२ मा यो प्रतियोगिताको उपाधि जितेको थियो । 
 
त्यस्तै शनिवार राति नै भएको यसै समूहको अर्को खेलमा स्विडेनले रोमानियामाथि २-१ को जित दर्ता गरायो । स्विडेनको जितमा कुइसनले खेलको ३३ औँ मिनेटमा तथा क्लाईसनले ४० औँ मिनेटमा दुई गोल गरेका थिए ।

यता रोमानियाका लागि भने ५८ औँ मिनेटमा केसुरुले एक मात्र गोल फर्काएका थिए ।  

शनिवार राति नै भएका अन्य खेलहरुमा स्विट्जरल्याण्डले जर्जियालाई २-० गोल अन्तरले, रिपब्लिक अफ आयरल्याण्डले गिब्रल्टारलाई १-० गोल अन्तरले, माल्टाले फारोई आइल्याण्डलाई २-१ गोल अन्तरले तथा बोस्निया हर्ज गोभिनाले अर्मेनियालाई २-१ गोल अन्तरले पराजित ग-र्यो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?