एजेन्सी । थाइल्याण्डमा आज आम निर्वाचन हुँदैछ । आज (आइतवार) हुने आम निर्वाचनमा करिब ५ करोड मतदाता सहभागी हुँदैछन् ।
मुलुकभर तोकिएका ९३ हजार मतदान केन्द्रबाट बिहान ८ बजेदेखि स्थानीयले मतदान शुरु गरीसकेको बीबीसीले जनाएको छ ।
सन् २०१४ को सैन्य कू पछि त्यहाँ पहिलो पटक आम निर्वाचन हुन लागेको हो ।
त्यसअघि सन् २०११ मा आम निर्वाचन भएको थाइल्याण्डमा आज अनुमान भन्दा धेरै नागरिक मतदानमा सहभागी हुने अपेक्षा छ । संसदको तल्लो सदनको ५ सय सिटका लागि मतदान हुने भनिएपनि त्यसको आधा अर्थात २ सय ५० सिट सेनाले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया