युरो कप छनोट : इटालीको सहज जित

एजेन्सी । युरो कप फुटबल छनोट अन्तर्गत इटाली विजयी भएको छ । 

शनिवार राति सम्पन्न भएको समूह ‘जे’ मा रहेको इटालीले फिनल्याण्डलाई २-० गोल अन्तरले पराजित गरेको हो । खेल शुरु भएको ७ मिनेट पनि बित्न नपाउँदै इटालीका लागि निकोलो बारेल्लाले पहिलो गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाए ।

खेलको पहिलो हाफसम्म एक-शुन्य गोल अन्तरले अगाडि रहेको इटालीले दोस्रो हाफमा थप एक गोल थप्यो । खेलको ७४ औँ मिनेटमा केनले गोल गरे । निर्धारित समयसम्म फिनल्याण्डले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेलमा २-० को हार बेहो-र्यो । जितपछि इटालीले महत्वपूर्ण ३ अंक बटुलेको छ । 

त्यस्तै, शनिवार राति नै भएको अर्को खेलमा ग्रिसले लिचेस्टाइनलाई २-० गोल अन्तरले पराजित गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?