वालेटमा रकम जम्मा गर्ने सीमा थप

लोकपथ
126
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले वालेटमा रकम जम्मा गर्ने सीमा थप गरेको छ ।

शुक्रबार भुक्तानी सम्वन्धी कार्य गर्न अनुमतीपत्र प्राप्त सबै संस्थाहरुको नाउँमा परिपत्र जारी गदै भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेका वालेटमा रकम गर्ने सिमा (संख्या) लाई अस्थाईरुपमा बृद्धि गरेको हो ।

राष्ट्र बैंकले परिपत्र मार्फत भनेको छ, ‘भुक्तानी प्रणाली सम्वन्धी एकीकृत निर्दैशन अनुसार प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था रहेकोमा यही कात्र्तिक २४ गते देखि मंसिर तीन गतेसम्मको लागि प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा २० पटकसम्म रकम जम्मा गर्न सकिने छ ।’

तर उक्त कारोबारको संख्या र कारोबारको कुल रकम यस विभागलाई जानकारी गराउनु पर्ने परिपत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?