एएफसी यू-२३ फुटबल छनोट : नेपाल र कतार भिड्दै

काठमाडौं । एएफसी यू-२३ फुटबल छनोट अन्तर्गत आज ‘आइतवार’ नेपालले आयोजक कतारको सामना गर्दैछ । 

कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरको हुने दोस्रो खेलमा नेपालले कतारसँग भिड्न लागेको हो । पहिलो खेलमा पराजित नेपाल कतारलाई रोक्ने लक्ष्यका साथ मैदानमा उत्रदैछ । पहिलो खेलमा नेपाल ओमानसँग १-० गोल अन्तरले पराजित गरेको थियो ।

नेपालले आफ्नो समूहको तेस्रो खेलमा यहि मंगलवार अफगानिस्तानसँग खेल्नेछ । छनोटको शीर्ष टोलीले थाइल्याण्डमा आयोजना हुने एएफसी यू-२३ च्याम्पियनसिप खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?