राष्ट्रियसभा बैठकः तीन सांसदको प्रश्न “नियम बन्यो कार्यान्वयन कहिले ?”

काठमाडौं । संघीय संसद राष्ट्रियसभा तेस्रो अधिवेशनको बैठक शुरु भएको छ ।

बैठक आइतवार विहान ११ वजेबाट शुरु भएको हो । 

आजको बैठकमा सांसद डा. विमला राई पौडयाल, रामनारायण विडारी र कालीबहादुर मल्लबाट संयुक्त रुपमा दर्ता गराएका प्रस्तावको सरकारलाई ध्यानाकर्षण गराउँदै छन् । 

पौडयाल, विडारी, मल्लले संयुक्त रुपमा दर्ता गरिएको “नेपाल सरकार, तत्कालीन विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा २०७१ चैत्र १८ गते नेपाल राजपत्रमा ‘काठमाडौं उपत्यकालाई स्वच्छ, सफा र प्रदुषणमुक्त बनाउने उद्देश्यले सन् २०७२ साल बैशाख १ गतेदेखि लागू हुनेगरी सूचनामा तोकिएका क्षेत्रहरुमा २०८३५ इन्च साइज र ४० माईक्रोन मोटाई सम्मका प्लाष्टिकका झोलाहरुको आयात, भण्डारण, बिक्री बितरण तथा प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ।’ भनी प्रकाशित सूचना कार्यान्वयनमा नआई बजार र सडकका पेटीहरुमा खुल्लमखुल्ला बिक्री बितरण र प्रयोग भई वातावरणमा प्रदुषण बढाइरहेकोले उक्त सूचनाको प्रभावकारी कार्यान्वयन र अनुगमनको अवस्थाको जानकारी गराउन वन तथा वातावरण मन्त्रीको ध्यानाकर्षण गराउन लागेका हुन् । 

त्यसैगरी, व्यवस्थापन कार्य तर्फ सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले, “विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको विज्ञापन (नियमन गर्ने) विधेयक, २०७५ माथि सदनमा छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्नु गर्नेछन् । सथै मन्त्री बाँस्कोटाल “विज्ञापन (नियमन गर्ने) विधेयक, २०७५ लाई पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने संघीय संसदको सचिवालयले जानकारी दिएको छ । 

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले,“विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त भूउपयोग विधेयक, २०७५ माथि सदनमा छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्दैछिन् । प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त “भूउपयोग विधेयक, २०७५ लाई पारित गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?