दुई लाख ९८ हजार नगदसहित सात जुवाडे पक्राउ

काठमाडौं । प्रहरीले बौद्ध फूलबारीबाट २ लाख ९८ हजार नगदसहित ७ जुवाडेलाई पक्राउ गरेको छ । 

शनिवार साँझ महानगरीय प्रहरी वृत्त बैद्धबाट खटेको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–६ बौद्ध फूलबारीस्थित छेदेन लामाको घर भाडामा बस्दै आएका तेन्जिङ शेर्पाले सञ्चालन गर्दै आएकोे भन्ने गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा सञ्चालक ३४ वर्षीय तेन्जिङ शेर्पा, ६६ वर्षका टासीछेप्तेन लामा, ५३ वर्षका अपे लामा, ३८ वर्षका उङ्छी लामासहित सात जना छन् ।

पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले जुवा खेल्न प्रयोग हुने सामग्री एक हजार ४६ थान गोटी, ६४ थान कौडा र १७ प्याकेट तास बरामद गरेको बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । 

पक्राउ परेकामाथि थप अनुसन्धान गरेर प्रचलित कानूनअनुसार मुद्दा चलाइने तयारी रहेको चन्द्रले बताए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?