निर्वाचन आयोग आजबाट नेतृत्वविहीन हुँदै, आयुक्त यादवको पदावधि सकिँदै

काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवको पदावधि आज (आइतवार)बाट सकिँदैछ । यो सँगै निर्वाचन आयोग आजबाट नेतृत्वविहीन हुँदैछ । 

निर्वाचन आयोगका प्रमुख आयुक्तमा यादव २०६९ साल चैतमा नियुक्त भएका थिए । यादवको यो दोस्रो कार्यकाल हो । जुन आजबाट सकिँदै छ । 

यादवले यसअघि २०६३ साल पुष २७ देखि २०६९ पुष २६ सम्म आयुक्तको कार्यभार सम्हाल्लेका थिए । 

उनले २०७३ असारपछि प्रमुख आयुक्तको जिम्मेवारी सम्हालेका थिए । प्रमुख आयुक्तका लागि संवैधानिक परिषद्ले कसैको नाम सिफारिस नगरेकाले संसदीय सुनुवाईसहितको प्रक्रियाका कारण अझै कति समय लाग्ने टुंगो छैन ।

यादवकै नेतृत्वमा ७ सय ५३ स्थानीय तह, प्रतिनिधिसभा, राष्ट्रिय सभाको साथै सातवटै प्रदेशको निर्वाचन सम्पन्न भएको थियो । 

पाँच सदस्यीय आयोगमा दुईजनाले अवकास पाएपछि आयुक्त नरेन्द्र दाहाल, ईश्वरी प्रसाद पौडेल र सुधीरकुमार शाह रहने छन् । उनीहरुको नियुक्ती भने २०७३ सालमा भएको हो । 

यसैबीच आयुक्त इला शर्माको पनि ६ वर्षे कार्यकाल आजैबाट सकिदैछ । उनको पनि २०६९ साल चैतमै नियुक्त भएको थियो । यादवले शिक्षण पृष्ठभूमिका दुई र पत्रकारिता पृष्ठभूमिकी शर्माले आयोगमा एक कार्यकाल बिताएका हुन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?