एन्फाले सर्वोत्कृष्ट खेलाडीलाई २५ लाख रुपैयाँ दिने

काठमाडौं । अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले वर्षको सर्वोत्कृष्ट खेलाडीलाई २५ लाख रुपैयाँ दिने भएको छ । 

एन्फाले नेपाली फुटबलमा पु¥याएको योगदानको उच्च मुल्याङ्कन गर्दै हरेक वर्ष एक जना खेलाडीलाई उक्त रकमबाट पुरस्कृत गर्दै आइरहेको थियो । एन्फाका पूर्व अध्यक्ष गणेश थापाले सर्वोत्कृष्ट एक फुटबल खेलाडीलाई वार्षि अपार्टमेन्ट पुरस्कार दिदैं आइरहेको थियो । 

उनको कार्यकालमा सागर थापा, रितेश थापा र राकेश श्रेष्ठले अपार्टमेन्ट पुरस्कार पाएका थिए । त्यस्तै अपार्टमेन्ट अगाडी एन्फाले सर्वोत्कृष्ट खेलाडीलाई कार पुरस्कार दिने व्यवस्था शुरु गरेको थियो । सो पुरस्कारबाट उपेन्द्रमान सिंह र हरी खड्का सम्मानित पनि भइसकेका थिए । 

एन्फाले वि.सं २०७३ सालमा राजु तामाङलाई सर्वोत्कृष्ट खेलाडी घोषणा गर्दै २५ लाख रुपैयाँ सहित सम्मान गरेको थियो । एन्फाको साधारण सभाले सर्वोकृष्ट खेलाडीलाई दिने २५ लाख रुपैयाँको बजेट समेत पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?