गुराँस लाइफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं । यहि चैत २८ गतेदेखि गुराँस लाइफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

चुक्ता पूँजी ५९ करोड ७० लाख रुपैयाँको ५० प्रतिशत अर्थात २ बराबर १ कित्ता अनुपातमा हकप्रद शेयर कम्पनीले निष्काशन गर्न लागेको हो । 

इन्स्योरेन्सले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरको २९ लाख ७० हजार कित्ता हकप्रद निष्काशन गर्न लागेको जनाएको छ । 

कम्पनीको शेयर  चैत ७ गते प्रतिकित्ता ५ सय १० रुपैयाँमा कारोबार भएको थियो । हकप्रदमा चैत ५ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले मात्र आवेदन गर्न सक्नेछन् । हकप्रद भर्ने अन्तिम दिन २०७६ जेठ १ गतेसम्म रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?