कृषि विकास बैंकद्वारा भूकम्प पीडितहरुका लागि ५० लाख आर्थिक सहयोग

लोकपथ
21
Shares

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितहरुका लागि रु. ५० लाख आर्थिक सहयोग प्रदान गरेको छ ।

बैंकले उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा ५० लाख सहयोग रकम प्रदान गरेको हो ।

सो रकम कृषि विकास बैंक लि.मा रहेको प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषको खाता नं. ०१००२०१००२९०७०१४ मा रकम जम्मा गरेको छ ।

कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ५० लाखको चेक हस्तान्तरण गरे । साथै कार्यक्रममा उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपाने, विभागीय प्रमुख बीना शर्मा, वरिष्ठ शाखा प्रमुखद्धय धु्रव पौडेल र सरोज महत एवं प्रधानमन्त्रीका निजी सचिव गंगा दाहालको समेत उपस्थिती रहेको थियो ।

कृषि विकास बैंक लि.ले भूकम्पबाट प्रभावित र पीडित लाई राहत पुग्ने गरी नेपाल सरकार लाई आर्थिक सहयोग गरेकोमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालले धन्यवाद ज्ञापन गरे ।

कृषि विकास बैंक लि.ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत विगतमा पनि भूकम्पबाट प्रभावित र कोरोना महामारीबाट पीडितहरुको लागि नेपाल सरकारबाट गठित सहायता कोषमा रकम जम्मा गरेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?