राजपाद्वारा संसद बैठक अवरुद्ध

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आइतवारको संसद बैठक अवरुद्ध गरेको छ । बैठक १० मिनेटको लागि स्थगित गरिएको हो । 

बैठक शुरुमै राजपाका सांसदहरुले उठेर विरोध जनाएका थिए । सभामुखले समय दिएपछि राजपाका सांसद लक्ष्मणला कर्णले थरुहट आन्दोलनबारे गिरिशचन्द लालको अध्यक्षता बनाएको समितिले छानविन प्रतिवेदन सार्वजनिक गर्न माग गरे । 

यसअघि पनि राजपाले लाल प्रतिवेदन सार्वजनिक गर्न माग राख्दै संसद अवरुद्ध गर्दै आएका थिए । पटक–पटक प्रतिवेदन सार्वजनिक गर्न आग्रह गर्दा जनताको सम्पत्ति जनताको अगाडी सरकारले सार्वजनिक गर्दैन भने संसद अवरुद्ध गर्ने राजपा सांसदले जानकरी दिए 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?