ओराङ्गुटन तस्करी गरेको आरोपमा एक रुसी नागरिक पक्राउ

एजेन्सी । ओराङ्गुटन तस्करी गरेको आरोपमा एक रुसी नागरिकलाई पक्राउ गरिएको छ । 

इन्डोनेशियाबाट ओराङ्गुटन तस्करी गरेर बाहिर लैजान लागेको बेला प्रहरीले रुसी नागरिक आन्द्रेई जेस्ट्कोभलाई बालिबाट पक्राउ गरिएको हो । उनलाई इन्डोनेशियाका प्रहरीले डेन्पसार विमानस्थलबाट पक्राउ गरेका हुन् । 

उनले बन्द गर्न मिल्ने एउटा डालोमा लट्ठ्याइएको एउटा भाले ओराङ्गुटन लुकाएर लैजाने प्रयास गरेका थिए। सो भाले ओराङ्गुटन दुई वर्षे भएको बताइएको छ।

साथै प्रहरीले उनको झोलाबाट दुईवटा जीवित गेको र पाँच वटा जीवित छेपारा पनि भेटिएको जनाएको छ ।

अहिले बाली प्राकृतिक स्रोत संरक्षण निकायले सो ओराङ्गुटनको हेरविचार गर्दैछ। इन्डोनेशियामा अवैध सिकार र किसानहरूका कारण ओराङ्गुटन सङ्कटमा परेको छ।

सुमात्राका अनकन्टार जङ्गलमा पाइने तापानुनी ओराङ्गुटन ‘ग्रेट एप’ वर्गका जीवमध्ये अति सङ्कटापन्न प्रजाति भएको 
ग्रेट एप वर्गमा ओराङ्गुटन, गोरिल्ला, चिम्पान्जी र मानव पर्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?