आठौँ राष्ट्रिय खेलकुद : एनआरएन खेलाडीले २४ खेलको विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने

काठमाडौं । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा एनआरएन खेलाडीले सहभागिता जनाउने भएको छ । 

प्रदेश नम्बर पाँचमा आयोजना हुने यो प्रतियोगितामा एनआरएनका खेलाडीले २४  खेलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । गैर आवसीय नेपाली संघ ‘एनआरएन’ले आइतवार पत्रकार सम्मेलन गर्दै आठौँ राष्ट्रिय खेलकुदमा विभिन्न ७ राष्ट्रबाट ९ खेलमा २४ खेलाडीले सहभागिता जनाउने जानकारी दिएको हो । 

आठौँ खेलकुदमा अमेरिका, युएई, मलेसिया, अष्ट्रेलिया, मकाउ, जापान र हङकङ गरी ७ राष्ट्रका एनआरएन खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

आठौँ खेलकुदमा एनआरएन खेलाडीहरुले कराँते, तेक्वान्दो, जुडो, ब्याडमिन्टन, लन टेनिस, टेबल टेनिस, गल्फ, म्याराथन र बक्सिङमा प्रतिस्पर्धा गर्नेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?