विप्लव समूहले हतियार बिसाएपछि मात्र वार्ता हुन्छ : सञ्चारमन्त्री बास्कोटा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहसँग सरकारले वार्ता गर्ने बताएका छन् । 

सरकारका प्रवक्तासमेत रहेका प्रविधिमन्त्री बास्कोटाले प्रतिबन्धित विप्लव समूहले हतियार बिसाएपछि मात्र वार्ता गर्न सकिने बताए । 

उनले भने, ‘बमसँगै राखेर विप्लव समूहसँग सरकराले वार्ताको कल्पना गर्न सकिँदैन ।’

आइतवार नेपाल प्रेस इन्स्टिच्यूटले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले बम, बारुद बोकेर हिंसात्मक गतिविधि गरिरहेका विप्लव समूहको पक्षमा समाचार सम्प्रेषण गरिरहेको भन्दै सञ्चार माध्यमहरुप्रति समेत आक्रोश व्यक्त गरेका छन् । 

साथै राष्ट्रिय हितमा केन्द्रित भएर मर्यादित पत्रकारीता गर्न र सञ्चार माध्यमहरुले स्वतन्त्रताको उपयोग गर्ने नाममा अराजकता फैलाउने गतिविधिलाई प्राथमिता दिन नहुने मन्त्री बास्कोटाको भनाइ छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?