फूलैफूलको मौसम तिमीलाई… (फोटोफिचर)

काठमाडौं । ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ आयोजना गरिएको  पुष्प मेलाको आज तेस्रो दिन पनि जारी छ ।

फ्लोरिकल्चर एशोसिएशन नेपाल र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले  संयुक्त आयोजना गरिएको सो मेलाको आज अन्तिम दिन पनि मानिसहरुको उल्लेखनीय उपस्थीती  रहेको छ ।

फुल मेलामा मौसमी फूल, आलंकारीक बोट विरुवा, कट फ्लावर, ट्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो बीउबिजन, ग्रीनहाउस, कृषि औजार, उपकरण प्याकेजिङ, सामग्री, सुक्ष्म तथा थोपा सिँचाइ, आधुनिक र जैविक विषादी गरी ४८ बिक्री कक्ष छन् ।

मेलामा करिव ५० हजारले अवलोकन गर्ने तथा ६० लाख बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएमा दुई दिनमा ४७ हजारले अवलोकन गरेको को छ  भने ४१ हजारले अवलोकन फ्लोरिकल्चर एशोसिएशन नेपालले जनाएको छ । 

तस्वीरमा हेर्नुहोस पुष्प मेलामा राखिएका फूलहरु: 

तस्वीरः कृष्ण थलङ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?