विप्लव समूहलाई संविधान कानूनअनुसार नै कारबाही हुन्छ, ब्याक गियर छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दिएको समयसीमा भित्र हतियार बुझाउन प्रतिबन्धित नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपा समूहलाई आग्रह गरेका छन् । यदी सरकारले तोकेको समयमा हतियार नबुझाए कसरी हतियार नियन्त्रणमा लिनुपर्छ त्यो सरकारलाई राम्रोसँग जानकारी भएको बताए । 

आइतवार दिउँसो ३ बजे संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएक हुन् । 

उनले भने, ‘हामीले धेरै सम्झाउँदा पनि विप्लव समूले चन्दा माग्ने, लुट र हिंसात्मक गतिविधि नरोकेकाले कानूनअनुसार नै नियन्त्रण गर्छैं, राज्य नियन्त्रण गर्न लाग्यो, ब्याक गियर छैन ।’ 

‘विप्लव समूहलाई हतियार बुझाउन समय दिएका छौं, लुरुलुरु बुझाउन आए हुन्छ, बुझाउँदैन भने कसरी हतियार लिनुपर्छ सरकारलाई थाहा छ, र लिन्छ पनि’ प्रधानमन्त्री ओलीले भने । 

साथै उनले संविधान कानूनअनुसार नै विप्लव समूहलाई नियन्त्रणमा लिने बताए । साथै कतिपय राजनीतिक दलहरुले दुई तिहाइको सरकार, दुई तिहाइको सरकार भन्ने गरेको पाइयो । 

उनले भने, ‘दुई तिहाइको सरकार हो, जथाभावी हुन दिँदैन, संविधान कानूनअनुसार नियन्त्रण गर्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?