गगन थापाको सुझाव : ‘सांसद विकास कोषको ८ अर्ब भूकम्पको पुननिर्माणमा लगाऔँ’

लोकपथ
98
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जाजरकोट भूकम्प पीडितको राहत तथा पुनर्निमाणमा लाग्नुपर्नेमा जोड दिएका छन् ।

महामन्त्री थापाले भूकम्पबाट भएको क्षतीको परिपूर्ती गर्नका लागि ठूलो लगानी लाग्ने बताउँदै सरकारले अनावश्यक फजुल खर्च नियन्त्रण गनुुपर्नेमा जोड दिए ।

त्यस्तै संसदीय कोष भनेर चिनिने संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको ८ अर्ब २५ करोड रुपैयाँ पुननिर्माणमा जम्मा गर्न सरकारलाई सुझाव दिए ।

‘भूकम्पपछि तत्काल राहत, अस्थायी आवास निर्माण र पुनर्निर्माण सम्म पुग्दा ठुलो खर्च लाग्छ किनकि भूकम्पले क्षति पु¥याएका हजारौँ त घर मात्र बनाउनु पर्नेछ। सरकारले यो सबैको व्यवस्थापन गर्नुपर्नेछ। त्यसैले हामीले प्रधानमन्त्रीलाई भेटेरै दुई वटा कुरा तत्काल गर्न भनेका छौँ।’ महामन्त्री थापाले भने, ‘एक, सरकारबाट भइरहेका फजुल खर्च रोक्नुहोस् र भूकम्प प्रभावित क्षेत्रलाई प्राथमिकता दिएर काम गर्नुहोस्। अनि बल्ल, सरकारको गम्भीरता देखिन्छ ।

दुई, ’संसदीय कोष’ भनेर चिनिने ’संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ को लागि छुट्टाएको करिब ८ अरब २५ करोड रुपैयाँ पुनर्निर्माण कोषमा जम्मा गर्नुहोस् ।’

त्यस्तै सरकारले माथि उल्लेखित काम गर्न सकेमा मात्र अन्य सहयोगी, दाता तथा अन्य निकायबाट सहयोग माग्ने, व्यवस्थापन गर्ने र परिचालन गर्ने नैतिक अधिकार हुने बताए ।

‘सरकारले, आफैँले तत्काल गर्न सक्ने यति काम सुरु गरेपछि बल्ल अन्य सहयोगी, दाताहरू तथा अन्यत्रबाट सहयोग माग्ने, व्यवस्थापन र परिचालन गर्ने नैतिक बल सरकारलाई प्राप्त हुन्छ ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?