नेपाल एएफसी यू-२३ फुटबलको छनोटबाट बाहिरियो, दोस्रो खेलमा कतारसँग भारी गोलले पराजित

काठमाडौं । नेपाल एएफसी यू-२३ फुटबलको छनोटबाट बाहिरिएको छ । 
आइतवार राति सम्पन्न भएको छनोटको  दोस्रो खेलमा नेपाल आयोजक कतारसँग भारी गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो ।  
दोहास्थित स्पोर्टस सिटी सेन्टरमा बिहीवार भएको समूह ‘ए’ को खेलमा नेपाल कतारसँग ५-० गोलअन्तरले पराजित भएको हो । यसअघि नेपाल ओमनसँग पराजित भएको थियो । 

कतारको जितमा कप्तान बासम अल रावी र अब्दुल्लाह अल्हारकले समान दुई-दुई गोल गरे । एक गोल नेपालले कतारको लागि उपहारस्वरुप आत्मघाती गोल गरिदियो । खेलको २५ औँ मिनेटमा अब्दुल्लाहले पेनाल्टीमार्फत गोल गर्दै कतारलाई शुरुवाती अग्रता दिलाए ।

नेपालका डिफेन्डर अनन्त तामाङले कतारका खेलाडीलाई डिबक्सभित्र लडाएपछि कतारले पेनाल्टी पाएको थियो । 

त्यस्तै खेलको ५३ औँ मिनेटमा कप्तान अल रावीले गोल गरे । खेलको ६० औँ मिनेटमा दिनेश राजवंशीले आत्मघाती गोल गर्दै कतारको अग्रता ३-० को भयो ।

त्यसैगरी खेलको ७६ औँ मिनेटमा अल रावीले फ्रिकिकबाट व्यक्तिगत दोस्रो गोल गरे भने खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा अब्दुल्लाहले व्यक्तिगत दोस्रो गोल गर्दै कतारलाई ५-० को सहज जित दिलाए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?