‘मिनी रङ्गशाला’ बनाउन पहल गर्छु : मन्त्री विश्वकर्मा

काठमाडौं । युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले तुलसीपुरको अरनिको मैदानलाई ‘मिनी रङ्गशाला’को रुपमा विकास गर्न पहल थाल्ने बताएका छन् । 

तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको भेटघाटमा उनले भने, ‘अरनिको मैदानलाई मिनी रङ्गशाला बनाउने योजना बनाउनुस्, म सहयोग गर्छु ।’

उनले तुलसीपुर उपमहानगरपालिका खेलकूद विकास गर्नका लागि पूर्वाधार निर्माणको काम अघि बढाउन मन्त्रालयले सहयोग गर्ने बताए । खेलको विकासका लागि खेलकूद संरचना अपरिहार्य रहेको भन्दै उनले त्यसका लागि मन्त्रालयले पहल थाल्ने बताए । 

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले तुलसीपुर उपमहानगरपालिका भित्र एउटा सुविधा सम्पन्न खेलमैदान नहुँदा समस्या भएको बताए ।

उपमहानगरका खेल संयोजक अमर नेपालीले खेल मैदानको नाममा अरनिको मैदान मात्रै रहेको भन्दै थप पूर्वाधार निर्माणमा मन्त्रालयले पहल थाल्नुपर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?