‘आइपीएल’ क्रिकेट : नेपाली खेलाडी सन्दीप आवद्ध टिम दिल्लीको विजयी शुरुवात

एजेन्सी । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आवद्ध रहेको टिम दिल्ली क्यापिटल्सले ‘आइपीएल’ क्रिकेटमा विजयी शुरुवात गरेको छ । 

वान्खडे क्रिकेट स्टेडियममा आइतवार राति सम्पन्न भएको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई ३७ रनले पराजित गर्दैै जारी लिगमा शुखद शुरुवात गरेको हो । 

२ सय १४ रनको विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको मुम्बईको पारी १९ दशमलब २ ओभरमा मात्र १ सय ७६ रनमा समेटिएको थियो । मुम्बईका लागि युवराज सिंहले ५३ रनको अर्धशतकीय पारी खेले ।

त्यस्तै हार्दिक पाण्डयाले ३२ रन तथा क्विन टन डी ककले २७ रन जोडेका थिए । दिल्लीका इशान शर्मा र कागीसो राबडाले समान २-२ विकेट हाता पारे । 

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १३ रन बनाएको थियो । मुम्बईसँगको खेलमा सन्दीप भने दिल्लीको टोलीमा परेका थिएनन् । 

दिल्लीका लागि ऋषब पन्तले नटआउट ७८ रन, कोलिन इन्ग्रामले ४७ रन तथा शिखर धवनले ४३ रनको योगदान दिए । यता मुम्बईका मिचेल म्याकक्लेनघनले ३ विकेट लिन सफल भए । जितपछि दिल्लीले २ अंक बटुलेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?