युरो कप फुटबलको छनोटमा बेल्जियमको सहज जीत

एजेन्सी । युरो कप फुटबल छनोटको खेलमा बेल्जियम विजयी भएको छ । 

आइतवार राति सम्पन्न भएको समूह ‘आई’ को खेलमा बेल्जियमले साइप्रसलाई २-० गोल अन्तरले पराजित ग-यो । खेल शुरु भएको १० मिनेट पनि बित्न नपाउँदै इडेन हजार्डले पहिलो गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाए ।

त्यस्तै १८ औँ मिनेटमा मिक्की बत्सुवाईले गोल गर्दै टिमलाई दोब्बर अग्रता दिलाए । एक पक्षिय रहेको खेलको दोस्रो हाफमा भने बेल्जियमले थप गोल गर्न सकेन ।

साइप्रसले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेलमा २-० को हार बेहो-र्यो । जितपछि बेल्जियमले ३ अंक जोडेको छ । सन् २०१८ मा सम्पन्न विश्वकपको सेमिफाइनलसम्म पुगेको बेल्जियमले अब काजकिस्तान र स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । 

त्यस्तै आइतवार राति नै भएको अर्को खेलमा वेल्सले स्लोभाकियालाई १-० गोल अन्तरले, रसियाले काजकिस्तानलाई ४-० गोल अन्तरले, इजरायलले अस्ट्रियालाई ४-२ गोल अन्तरले तथा नर्दन आयरल्याण्डले बेलारुषलाई २-१ गोल अन्तरले पराजित ग-यो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?