प्रमुख निर्वाचन आयुक्त यादवले लिए अवकाश, आयुक्त नरेन्द्र दाहाललाई कार्यवाहकको जिम्मा

 प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले आइतबारबाट अवकाश लिएका छन् ।

२०६३ साल यता २ कार्यकाल प्रमुख आयुक्तको जिम्मेवारीमा रहेका यादवलाई कान्तिपथस्थित निर्वाचन कार्यालयमा आइतबार  एक कार्यक्रम गरी विदाइ गरिएसँगै  आयुक्त नरेन्द्र दाहालले  कार्यवाहकको जिम्मेवारी सम्हालेका छन् । 

पूर्व  निर्वाचन आयुक्त डा. यादवले ११ महिना भित्र संघ, प्रदेश, स्थानीय तहलगायतका ८ वटा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन पाएकोमा गौरवको अनुभूति भएको प्रतिक्रिया दिए । 

 को हुन डा . अयोधी प्रसाद यादव ?

अयोधी प्रसाद यादव सन् १९५४ मे १८ गते प्रसावनी गा.वि.स ७ बनाउली सप्तरीमा जन्मीएका हुन् । 

 अर्थशास्त्रमकमा एम ए गरेका उनी गोल्ड मेडलिस्ट हुन् ।  कानुन विषयमा स्नातक तह सम्म को अध्यान गरेका उनले शिक्षा संकायमा बिएड सम्मको अध्ययन गरेका छन् ।

सन् २०१३ जनावरी १० तारिखमा उनले निर्वाचन आयोगमा निर्वाचन आयुक्तका रुपमा पहिले ६ वर्ष कार्यकाल सफलताका साथ सम्पन्न गरेका थिए ।

उनी सन् २०१३ मार्च १४ मा पुन निर्वाचन आयुक्तका रुपमा नियुक्त भए ।

सन् २०१३ जनवरी १० तारिखमा उनले निर्वाचन आयोगमा निर्वाचन आयुक्तका रुपमा पहिलो ६ वर्षे कार्यकाल सफलताका साथ सम्पन्न गरेका थिए ।

उनी सन् २०१३ मार्च १४ मा पुनः निर्वाचन आयुक्तका रुपमा नियुक्त भएका हुन् ।

डा. यादव पेशाले अनुसन्धानकर्ता र शिक्षक हुन् ।

स्नातकोत्तर तह अर्थशास्त्र विषयमा स्वर्ण मेडल पाएका यादवले सोहि विषयमा विद्यावारिधि पनि प्राप्त गरेका छन् ।

सामाजिक आर्थिक तथा राजनीतिक अवस्थाका बारेमा डा. यादवले एक दर्जन भन्दा बढी अनुसन्धान कार्यपत्रहरु देश र विदेशका कार्यशाला गोष्ठीका लागि लेखेका छन् ।

डा. यादवले सन १९९४ र १९९१ को निर्वाचनमा तथा स्थानीय चुनावमा परिवेक्षकको रुपमा कार्य गरेका थिए ।

उनका नाममा सातवटा पुस्तक प्रकाशित छन् ।

त्यसदेखि बाहेक उनले दैनिक पत्रपत्रिका रजर्नलहरुमा लेख लेखेका छन् ।

त्यसका साथै उनले नेपाल रेडक्रस, सप्तरी मानवअधिकार फोरम र नेपाल बार एसोसिएसन सहितका थुप्रै संस्थाहरुमा सहभागी भएका छन्। उनले आफ्नो कार्यकालमा पाएका पुरस्कारहरुमा

 ● प्रतिस्ध प्रबल जनसेवाश्री २०१४ नेपालका राष्ट्रपति 

● नेपाल विद्या भुसन क.२०१२

 ● र्दिघ सेवा पादक, एसबीएस क्याम्पस, राजविराज, त्रिभुवन विश्वविद्यालय २००४

 ● शिक्षा पुरस्कार, १९९५

 ● महेंद्र विध्या भुषन ख १८७५ _तस्वीर गुगलबाट 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?