काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार आज बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ९३ पैसा र बिक्री दर १६३ रुपैयाँ ६७ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ १६पैसा र बिक्री दर १४२ रुपैयाँ ८० पैसा रहेको छ ।
यस्तै, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ पैसा पुगेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसा र क्यानाडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया