युरो कप फुटबल छनोट : नेदरल्याण्ड्सविरुद्ध जर्मनीको रोमाञ्चक जीत

एजेन्सी । युरो कप फुटबल छनोट अन्तर्गत जर्मनीले कठिन जीत निकालेको छ । 

आइतवार राति सम्पन्न भएको समूह ‘सी’को खेलमा जर्मनीले नेदरल्याण्ड्सलाई ३-२ गोल अन्तरले पराजित गर्दै रोमाञ्चक जीत निकालेको हो । खेल शुरु भएको १५ औँ मिनेटमा जर्मनीका लागि सानले पहिलो गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाए ।

त्यस्तै ३४ औँ मिनेटमा सर्ज ग्रन्ब्रीले गोल गर्दै टिमको अग्रतालाई दोब्बर पारे । खेलको पहिलो हाफसम्म २-० गोल अन्तरले पछाडि परेको नेदरल्याण्ड्सका लागि ४८ औँ मिनेटमा म्याथिज्स डि लिग्टले गोल गर्दै खेललाई २-१ को स्थितीमा ल्याए ।

 प्रतिस्पर्धात्मक बनेको खेलको ६३ औँ मिनेटमा मेम्फिस डेपेले गोल गर्दै खेललाई २-२ गोलको बराबरीमा ल्याए । खेल सकिनै लाग्दा जर्मनीका स्कुल्जले गोल गरेपछि नेदरल्याण्ड्स स्तब्ध बनेको थियो । जीतपछि जर्मनीले ३ अंक जोडेको छ । 

त्यस्तै आइतवार राति नै भएको अर्को खेलमा पोल्याण्डले लातभियालाई २-० गोल अन्तरले पराजित ग-र्यो । यता स्लोभेनिया र म्याकेडोनियाबीचको खेल भने एक-एक गोलको बराबरीमा सकिएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?