न्युजिल्यान्डलाई हराउँदै भारत एकदिवशीय विश्वकपको फाइनलमा

लोकपथ
504
Shares
MUMBAI, INDIA – NOVEMBER 15: Mohammed Shami of India celebrates with teammates after dismissing Daryl Mitchell of New Zealand (not pictured) during the ICC Men’s Cricket World Cup India 2023 Semi Final match between India and New Zealand at Wankhede Stadium on November 15, 2023 in Mumbai, India. (Photo by Darrian Traynor-ICC/ICC via Getty Images)

काठमाडौं । भारत एकदिवशीय विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ। बुधवार वंखेडेमा भएको सेमिफाइनलमा भारतले न्युजिल्यान्डलाई ७० रनले हराउँदै फाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।

भारतले न्युजिल्यान्डलाई ३ सय ९८ रनको लक्ष्य दिएको थियो। न्युजिल्यान्डले ४८.५ ओभरमा सबै विकेट गुमाएर ३ सय २७ रन मात्रै जोड्यो। न्युजिल्यान्डको ड्यारिल मिचेलले एक सय ३४, कप्तान केन विलियम्सनले ६९ र ग्लेन फिलिप्सले ४१ रन जोडे । भारतका मोहम्मद सामी एक्लैले ७ विकेट लिए।

त्यसअघि भारतका लागि विराट कोहलीले एक सय १७ र श्रेयस अय्यरले एक सय ५ रन बनाए। भारतले उपाधिका लागि अस्ट्रेलिया र दक्षिण अफ्रिकामध्ये एकसँग खेल्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?