हतियार बिसाए विप्लवसँग वार्ता गर्न सकिन्छ :रक्षामन्त्री पोखरले

विराटनगर । रक्षामन्त्री इश्वर पोखरेलले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहले हतियार बिसाए आए वार्ता गर्न सकिने बताएका छन् ।  

सोमवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री पोखरलेले विप्लव समूहले हतियार बोक्न र बम पड्काउने जस्ता हिंसात्कम गतिविधि रोके सरकार वार्ता गर्न तयार गरहेको बताएका हुन् । 

उनले भने, ‘वार्ताको सम्भावना त्यो समयमा रहन्छ, जब हतियार बिसाएर विप्लव समूह आउँछ, विप्लव समूह हतियार बिसाएर आए वार्ता गर्न सरकार तयार छ ।’

साथै उनले विप्लव समूहले उपत्यकासहित देश भर हिंसात्क गतिविधि गरेको कारण सरकारले उनीहरुमाथि प्रतिबन्ध गरेको हो । 

गत फागुन २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूहमाथि प्रतिबन्ध लागउने थियो गरेको थियो । योसँगै विभिन्न राजनीतिक दलका नेताहरुले विप्लवमाथि सरकारले लगाएको प्रतिबन्ध गलत रहेको भन्दै प्रतिक्रिया दिएका थिए । 

तर, मन्त्री पोखरलेले सरकारले कुनै राजनीतिक पार्टी वा दललाई निषेध गर्न भने नखोजेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?