वोमी माइक्रोफाइनान्सले माग्यो धितोपत्र बोर्डसँग हकप्रद अनुमति

काठमाडौं । वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले चुक्ता पूँजी बराबर हकप्रद जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । 

माइक्रोफाइनान्सले धितोपत्र बोर्डसँग चैत गते नै अनुमति मागेको जनाएको छ । माइक्रोफाइनान्सले १० लाख १० हजार ८ सय ८० कित्ता हकप्रद बिक्री गर्न बोर्डमा निवेदन दिएको हो।

कम्पनीले हकप्रद बिक्रीका लागि सिद्धार्थ क्यापिटल नक्साललाई बिक्री प्रबन्धक तोकेको छ । गत फागुन ६ गते सम्पन्न भएको विशेष साधारण सभाले चुक्ता पूँजीको शतप्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गरेको थियो। 

गत वर्षको नाफाबाट २५ प्रतिशत नगद लाभांश वितरण गरेको लघुवित्तले बोनस छाडेर हकप्रदबाट पूँजी वृद्धि गर्न लागेको हो। शतप्रतिशत हकप्रद बिक्रीपछि लघुवित्तको चुक्ता पूँजी २० करोड २१ लख ७६ हजार रुपैयाँ पुग्नेछ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा वोमीले २ करोड ६२ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ५१ रुपैयाँ ९४ पैसा कायम गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?