गीत संगीतका क्षेत्रमा डा.आर.पी.दाहाल

-उप प्रा. कृष्णप्रसाद अधिकारी

 शिक्षा, अर्थ, संस्कृति र साहित्यमा सदैव क्रियाशील डा.रामप्रसाद दाहालको अर्को लुकेको पाटो गीती क्षेत्रमा आर.पी.दाहालका नामबाट चर्चित गीतहरू लेख्ने दाहालका दर्जनौं दर्जन गीतहरूको भण्डारबाट झिकेर केही गीतहरू बजारमा आएका छन् ।

उनको पहिलो गीत नै बजारमा २०६८ सालमा अत्यन्तै उत्कृष्ट बन्यो संगीत दिएका थिए चर्चित संगीतकार अर्जुन पोख्रेलले । जुन गित गाएकी थिईन् कोकिल कण्ठकी धनी अन्जु पन्तले – जुन गीतले विन्ध्यवासिनी म्यूजिक एवाड कार्यक्रममा आधुनिक गीततर्फ उत्कृष्ट भई अन्जु पन्तले सम्मान समेत पाएकी थिइन् । गीतको बोल थियो –

खै के होला र औषधि कुँडिएको मनको ।
फाइदा लियौं तिम्ले धेरै मेरो सोझो पनको ।।
खै के होला र औषधि …………………..
तिम्लाई पाउँदा केन होला भन्थे शुरूमा त ।
सोचें भन्दा फरक पाएँ तिम्रो जीवन साथ ।।
खै के होला र ?

यसपछि आर.पी.दाहालका अन्य गीतहरू धमाधम बजारमा आउन थाले र औषधि एल्वम नै २०७० निस्कन पुग्यो । जसमा सम्पूर्ण गीतहरूको संगीत अर्जुन पोख्रेल र गायक-गायिका अन्जु पन्त, रामकृष्ण ढकाल, स्वरूपराज आचार्य, दुर्गा खरेल, शिव परियारले गाएका थिए । 

चर्चित गायक रामकृष्ण ढकालको स्वरमा गाइएको राष्ट्रिय गीतले अर्को उचाई थपेको थियो –

मेरो देशको आँगनीमा छैन कोही पराई
मुटुमा छ जोडिएको हिमाल पहाड तराई

यस्तै अन्जु पन्तकै स्वरमा अन्य गीतहरू आउँदै गए –
जेलिएको मनको धागो तुइन बन्ला कहिले
पिरतीको रापभित्र पिल्सदै छु अहिले । 

स्वरूप राज आचार्यले अर्को गीत गाए –
छोडि जाने तिम्ले मलाई घुम्ती नभेट्नु है 
पाइला तिम्रो बढ्दै जावस काँडा नटेक्नु है । 

यसरी गीतको लेखनी गर्दै जाँदा आर.पी.दाहालका गीतहरूले उचाई लिँदै गए र शिव परियारले गाएको अर्को गीत –
कस्तो रोग लाग्यो होला औषधिले छुन्न
तुनिएको माया मेरो चुँडिनु चाहीँ हुन्न …..

कस्तो रोग लाग्यो होला ……..

अनि दुर्गा खरेलले अर्को स्वरमा दिनु भयो –
            के हुन्छ खै के हुन्छ ….. तिम्लाई मैले भन्ने सकिन
            के हुन्छ को नी के हुन्छ तिम्रो धडकन बन्ने सकिन 


यसरी औषधि एल्वममा समेटिएका गीतहरूले नयाँ मोड र उचाइ लिएपछि २०७३ सालमा अर्को गीती एल्वम दुई किनारा निस्कन पुग्यो । जसमा चर्चित संगीतकार अर्जुनले नै संगीत भरे भने विभिन्न कायकहरू स्वर दिए –

जसमा – शिव परियार र संगीता रानाले गाएको भजन …….
            शिव ! शिव ! शिव ! तिमी कति ज्ञानी
            भक्त जति सबैलाई क्षमा दिने बानी 
            शिवरात्रि, तीज भन्छन् केही खान्न 
            मनको इच्छा पूरा नगरी म त जाँदै जान्न …….

यस्तै अन्जु पन्तले फेरि स्वर दिनु भयो –
दुई किनारा जस्तै भयो घाम जुन जस्तै रह्यौ 
अब आउँदैन मिलनको दिन ……..

तेस्रो गीती एल्वमको तयारीमा आर.पी.दाहाल जुट्नु भएको छ । एल्वमको नाम जुटिसकेको छ – ‘सम्बन्ध’ । यस एल्वमा राखिने चारवटा गीतहरू तयार भइसकेका छन् । जसमा संगीत दिएका छन् अर्जुन पोख्रेल, निरज रसाइली, निभ संगीतले भने स्वर दिएका छन् – जीना रसाइल, अनिता आचार्य, निरज रसाइली र अन्जु पन्तले । नायिका तथा मोडेल अनिता आचार्य र निरजले गाएको राष्ट्रिय गीत चर्चित छ । 

मेरो देशको पहिचान मलाई चाहिन्छ । 
खण्ड खण्ड पार्न देशलाई कहाँ पाइन्छ …..

यस्तै अन्जु पन्तले गाएको –
हरेक मानिसको जिन्दगी कहिं न कहीं दुखेको हुन्छ 
बाहिर हाँसो देख्दा खुशी नै छ भन्छन् भित्री पीडा लुकेको हुन्छ ।
यस्तै निरजको संगीतको जीना रसाइलीको यो गीत पनि त्यत्तिकै मार्मिक रहेको छ –

जुन सरीको हाम्रो जीवन परेछ नि साँझ
कस्तो थियो यो जिन्दगी भएछ नि रात …..

यसरी गीत यात्रामा दौडिएको आर.पी.दाहालका गीतहरूले नेपाली समाजलाई छोएको र धेरैको मनमुटुमा बस्न सफल गायक र नायकहरूद्वारा गाइने र भिडियो खेल्ने काम भएको छ । विभिन्न समाचार माध्यममा गीतहरू घन्किरहेछन् । यो यात्रा निरन्तर चलिरहोस् – शुभकामना। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?