स्कुल पुग्नै चार घण्टा, जंगलमा बाघभालुको डर !

काठमाडौं । खोटाङ जिल्लाको रावावेशी गाउँपालिका–३, भालढुङ्गाका श्याम माझी आफ्ना दुई साथी रवीन माझी र दिलिप माझीसँग हरेक दिन बसेरी जङ्गल पार गर्दै लामीडाँडामा बन्दै गरेको विमानस्थलका लागि बालुवा चाल्न रबुवा बजार पुग्ने गर्छन् । दिनभरि रबुवाको छेउ हुँदै बग्ने दूधकोशी नदीबाट बालुवा निकाल्छन् । र, साँझ फेरि भालढुङ्गा फर्किन्छन् । यो उनीहरुको दैनिकी हो ।

उमेरले चौध/पन्ध्र वर्षका यी तीन मात्र होइन, भालढुङ्गाका कुनै केटाकेटी पनि विद्यालय जाँदैनन् । किनकि, त्यहाँ स्कूल छैन । जहाँ स्कूल छ,  त्यहाँ पुग्न उत्तिकै सकस छ । स्कुलको झोला बोक्ने काँधमा उनीहरुले दिनभरि बालुवा बोक्नुपर्ने बाध्यता छ । दिलिप माझी भन्छन्, ‘स्कुल जाने मन नभएको त कहाँ हो र ? के गर्नु स्कुल टाढा छ, यो जंगलमा बाघ, भालु र सर्पको डर छ, बाध्यताले पढ्न छोड्नुपरेको हो ।’

स्कुल टाढा भएकैले बीचैमा पढाइ छाडेका श्याम माझी सुनाउँछन्, ‘केही साथीहरु विदेश गए, हामी बालुवा चाल्न जान्छौँ, काम गर्न जाँदा अलिअलि पैसा पनि आउँछ ।’ साथीहरु पढ्न छोडेर पैसा कमाउन विदेश गएका छन् । केही साथीहरु दूधकोशीमै माछा मार्न झर्छन् । केही साथीहरु श्यामजस्तै बालुवा चाल्न घरबाट निस्किन्छन् ।

फुर्सदको समयमा श्यामहरु माछा मार्न दूधकोशीमा जान्छन् । चाडबाडमा र कहिलेकाहीँ मासु खानका लागि परिवारले घरमा सुँगुर पालेका छन् । खेतीकिसानी गर्छन् । तर, स्कूल जाँदैनन् । किनकि, यहाँबाट स्कूल जान निकै टाढा पर्छ ।

दूधकोशी नदीलाई पैतालामा पारेर पाखामा थपक्क बसेको यो माझी गाउँमा श्यामले जस्तै अरुले पनि यसरी नै मजदुरी गर्छन् । गाउँमा स्कुल नहुँदा यहाँका केटाकेटीहरु विद्यालय जानबाट वञ्चित छन् ।

फुर्सदको समयमा श्यामहरु माछा मार्न दूधकोशीमा जान्छन् । चाडबाडमा र कहिलेकाहीँ मासु खानका लागि परिवारले घरमा सुँगुर पालेका छन् । खेतीकिसानी गर्छन् । तर, स्कूल जाँदैनन् ।
किनकि, यहाँबाट स्कूल जान निकै टाढा पर्छ ।

उनीहरुलाई पढ्न जान मन छ । तर, पढ्न जान नपाउनु श्यामहरुका लागि बाध्यता बनेको छ । जङ्गलको अप्ठेरो बाटो । स्कूल जाँदा त उनीहरुलाई बरु सजिलै होला । स्कूलबाट फर्किँदा जङ्गलमै रात पर्छ ।

श्यामसँगै बालुवा चाल्न जाँदै गरेका रविन माझी सुनाउँछन्, ‘स्कूल आउँदाजाँदा नै रात पर्छ ।’

उनीहरुलाई पढ्न जान मन छ । तर, पढ्न जान नपाउनु श्यामहरुका लागि बाध्यता बनेको छ । जङ्गलको अप्ठेरो बाटो । स्कूल जाँदा त उनीहरुलाई बरु सजिलै होला । स्कूलबाट फर्किँदा जङ्गलमै रात पर्छ । अर्कातिर बाटो यति अप्ठेरो छ कि, केटाकेटी झुक्किएर लडिहाले भने पनि सिधै दूधकोशीमा पुग्छन् । त्यसैले यो बाटो जङ्गलमा हिँड्नु भनेको ठूलो जोखिम मोल्नु हो ।

बाघभालुको सामना गर्दै स्कुलयात्रा

यता श्यामले घर र विद्यालयबीचको दूरीलाई पढाइ छोड्नुको मूख्य कारण बताइरहँदा छेउमै भएका रवीनले अर्को कारण थपे, जङ्गली जनावरको भय । बा–आमाले नै भन्ने गर्छन्, ‘जङ्गलमा बाघभालु लाग्छ, केटाकेटीलाई स्कूल कसरी पठाउनु ?’

भालढुङ्गामा विद्यालय छैन । बालविकास केन्द्र त छ तर त्यहाँ स–साना बालबालिकालाई अक्षर चिनाउने र विद्यालय जान बानी बसाल्ने काम मात्र हुन्छ । गाउँबाट सबैभन्दा नजिक पर्ने त्रिपा गाउँमा रहेको प्राथमिक विद्यालय पुग्न पनि दुई घण्टा लाग्छ । स्थानीय शिव ढुंगाना बताउँछन्, ‘बच्चाहरु त भालढुङ्गाबाट दुई घण्टामा पनि पुग्दैनन्, फटाफट हिँड्न सक्ने हामीलाई पनि दुई घण्टा लाग्छ त्रिपा पुग्न ।’ भालढुङ्गाका विद्यार्थीलाई पढ्ने बानी बसालिन्छ । तर, पढ्न पठाइन्न ।

विद्यालय जाँदा बाटामा हरेक दिन जङ्गली जनावरहरुसँग सामना गर्नुपर्ने भयले विद्यार्थीहरु पढाइ छोड्न बाध्य छन् । श्याम, रवीन र दिलिप तिनै बालबालिकाका प्रतिनिधि पात्र हुन् ।

बाटोमा खोला र डाँडा पार गर्नुपर्ने झन्झट एकातिर छँदैछ । प्राथमिक तहभन्दा माथिको पढाइका लागि त झन् धेरै हिँड्नुपर्छ । जङ्गलको बाटो छिचोल्दै विद्यार्थीलाई स्कुल पुग्न चार घण्टाभन्दा बढी हिँड्न पर्नु पक्कै सहज होइन । विद्यालय जाँदा बाटामा हरेक दिन जङ्गली जनावरहरुसँग सामना गर्नुपर्ने भयले विद्यार्थीहरु पढाइ छोड्न बाध्य छन् । श्याम, रवीन र दिलिप तिनै बालबालिकाका प्रतिनिधि पात्र हुन् ।



भालढुङ्गा त एउटा उदाहरण मात्र हो । नेपालमा यस्ता कैयौं गाउँहरु होलान्, जो अझैपनि शिक्षा, स्वास्थ्य र सुरक्षाका हिसाबले विकट छन् ।

भालढुङ्गामा झण्डै ९ वर्षदेखि पढाउँदै आएकी इन्दिरा माझी खिन्न छिन् । यहाँको खोरिया बालविकास केन्द्रमा बालबालिकाहरुको रेखदेख गर्छिन् उनले । अक्षर चिन्न सिकाउँछिन् । अक्षरसँग बानी पार्छिन् ।आफूले अक्षर चिन्न सिकाएका केटाकेटी पढ्न नपाउँदा उनलाई नरमाइलो लाग्छ । अर्कातिर बालविकास केन्द्रमा विद्यार्थीको सङ्ख्या पनि पातलिँदै गएको छ । उनका अनुसार अहिले यहाँ बढीमा १२ जना विद्यार्थीले पढिरहेका छन् ।

अक्षर चिनेपछि घण्टौँ हिँडेर उनीहरु प्राथमिक विद्यालय भेट्याउन पुग्नुपर्ने छ । केही थप अक्षरहरु चिन्नुपर्ने छ । ‘गाउँमा जम्मा एक दर्जन परिवार छन्, त्यसमा पनि माथिल्लो कक्षामा पढ्न स्कुल नै पठाइँदैन, प्राथमिक स्कुल पनि नजिक छैन’, शिक्षिका इन्दिरा भन्छिन्, ‘हामीले त यहाँ अक्षर चिनाउने काम मात्र गर्ने हो ।’

‘यतिका वर्ष भयो तर यो ठाउँ जस्ताको तस्तै छ, केही फेरिएको छैन’, इन्दिरा आफ्नो बाध्यता सुनाउँछिन्, ‘यहाँ विकास ल्याउन सम्भव छैन भने हामीलाई विकास भएको ठाउँमा लग्नुप-यो ।’ 

इन्दिरा आफै पनि दैनिक १ घण्टा हिँडेर त्यहाँसम्म आउँछिन् । उनको घर रबुवा बजारमा पर्छ । यस अर्थमा यहाँ पढ्ने र पढाउने दुवैलाई उत्तिकै समस्या छ । ‘यतिका वर्ष भयो तर यो ठाउँ जस्ताको तस्तै छ, केही फेरिएको छैन’, इन्दिरा आफ्नो बाध्यता सुनाउँछिन्, ‘यहाँ विकास ल्याउन सम्भव छैन भने हामीलाई विकास भएको ठाउँमा लग्नुप-यो ।’ 

रावावेशी गाउँपालिका–३ का वडाध्यक्ष विदुरकुमार खतिवडा भने गाउँमा न्यून जनसङ्ख्या भएकाले विद्यालय स्थापना गरेपनि विद्यार्थी सङ्ख्या पर्याप्त नहुने भएकाले विद्यालय सञ्चालन गर्न कठिन भएको बताउँछन् । ‘यसको अर्थ सानो बस्तीमा जन्मिने बालबालिका चाहिँ पढाइबाट वञ्चित हुनुपर्छ भन्ने होइन,’ वडाअध्यक्ष खतिवडा स्पष्ट पार्छन् ।

‘यस्ता साना बस्ती कति छन् होला नेपालमा जहाँ शिक्षाको सुविधा छैन,’ चिन्तित हुँदै उनी अगाडि थप्छन्, ‘यस्तो ठाउँमा विद्यालय स्थापना गर्न गाह्रो छ भने यहाँका मान्छेलाई शैक्षिक सुविधा भएको ठाउँसम्म पु-याउन सके पनि राम्रो हुने थियो ।’ 

उनका अनुसार भोजे गाउँमा र्मिाणधीन अवस्थामा रहेको झोलुङ्गे पुल बनेपछि प्राथमिक स्कूलमा जान विद्यार्थीलाई केही सजिलो हुने छ । तर माध्यमिक शिक्षा लिनबाट भने यहाँका बालबालिकाले अवसर पाएका छैनन् ।

स्थानीय अभिभावक भन्छन्, ‘छोराछोरीलाई हामीजस्तो अनपढ बनाउन त कहाँ मन हो र ? तर यहाँ स्कूल छैन, बाहिर राखेर पढाउन हामीसँग पैसा छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?