जापानबाट लिएर आए राजिवले ‘कान्छी सुनन’

काठमाडौं । विगत १२ वर्षदेखि जापानमा बस्दै आएका गायक राजिव लामाले ‘कान्छी सुनन’ बोलको गीत सार्वजनिक गरेका छन् । 

यसअघि ‘जाऊ जाऊ साथी रेलैमा’, ‘वन लभ’, ‘टोक्यो शहरमा’ बोलका गीतहरु सार्वजनिक गरिसकेका गायक लामाले छुट्टै जनरा लोक–हापमा ‘कान्छी सुनन’ बोलको गीत लिएर दर्शक माझ आएका हुन् । 

आफ्नै गाउँ–घर, भिर–पाखा, डाँडा–भञ्ज्याङ्  र खोला–नालामा सँगै हुर्केर माया प्रेम साटासाट गरिएको कान्छीलाई गीत मार्फत माया दर्साएको गीतमा पाउन सकिन्छ । 

नेपाली ठेठ शब्दहरु राखी सिर्जना गरिएको यस गीतमा शब्द, संगीत र स्वर स्वयम गायक राजिव लामाको रहेको छ भने बियट ब्यान्डका र्यापर थुजे दोन्दुपको र्याप समावेश छ । गीतको एरेन्जमेन्ट विशेष पाण्डेले गरेका हुन् ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?