इजरायलले गाजाको अल शिफा अस्पतालमा बुलडोजर तैनाथ गरेको दाबी

लोकपथ
28
Shares

काठमाडाैं । इजरायलले गाजाको अल शिफा अस्पतालमा कारबाही गरेको छ। भिडियो जारी गर्दा इजरायली सैनिकले अस्पतालमा सुरुङ रहेको दाबी गर्दै अस्पतालबाट ठूलो संख्यामा हतियार र गोलाबारुद बरामद गरिएको पनि बताए ।

इजरायलले गाजाको अल शिफा अस्पतालमा हमासको हतियार र उपकरणको भण्डार फेला परेको छ । इजरायलले अस्पताल मुनि सुरुङ नेटवर्कमा कमाण्ड सेन्टर रहेको आरोप लगाएको छ । यद्यपी संयुक्त राष्ट्र संघ र मध्यपूर्वी देशहरूले इजरायलको यो कदमको निन्दा गरेका छन् ।

इजरायली सैनिकले बुधबार दिनभर अस्पतालमा खोजी जारी राखेका छन् । यसै क्रममा इजरायली सैनिकले एउटा भिडियो पनि बनाएका थिए । जसमा इजरायली सैनिकहरूले अस्पताल परिसरबाट स्वचालित हतियार, ग्रेनेड, गोलाबारुद जस्ता सामग्री बरामद भएको बताएका छन् ।

प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले इजरायलले अस्पताल वरपर बुलडोजर तैनाथ गरेको जनाएको छ । अल शिफा अस्पतालका निर्देशकले इजरायली सैनिक कम्पाउन्डमा आइपुग्दा सबै विभागमा पानी, बिजुली र अक्सिजन आपूर्ति बन्द गरिएको बताएका छन्

कुरा के हो ? 

अक्टोबर ७ मा गाजामा रहेको आतंकवादी समूहले इजरायलमा पाँच हजार रकेट प्रहार गरेको थियो । त्यसपछि इजरायल र हमासबीच भीषण युद्ध सुरु भयो । जवाफमा, इजरायली सेनाले हमासमाथि हमला गरे र तिनीहरूको स्थान ध्वस्त गर्न जारी राखे। अक्टोबर ७ मा भएको आतंकवादी हमलालाई लिएर इजरायलले यो आफ्नो ७५ वर्षको इतिहासमा सबैभन्दा घातक दिन भएको बताएको छ । जसमा १,२०० मानिस मारिएका छन् भने धेरैलाई बन्धक बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?