विप्लव समूहलाई प्रधानमन्त्री ओलीको अल्टिमेटम,‘चैतभित्र शान्तिपूर्ण बाटोमा आउनुस्’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्धित नेत्रविक्र चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहलाई शान्तिपूर्ण बाटोमा आउन चैत मसान्तसम्मको अल्टिमेटम (समय) दिएका छन् । 

सोमवार संसद भवनमा बसेको नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । 

उनले भने, ‘चैत मसान्तसम्म हिंसात्मक गतिविधि त्यागेको घोषणा नआए विप्लवसहित सबै नेता कार्यकर्तालाई नियन्त्रणमा लिन्छौं ।’ 

बैठकमा सांसदहरुलाई सरकारका कामबारे जानकारी दिँदै ओलीले अहिले पनि शान्तिपूर्ण बाटोमा आउन विप्लव समूहसँग समय रहेको बताए ।

प्रधानमन्त्री ओलीले विप्लव समूहलाई मूलधारको राजनीतिक आउने समय रहेको बताए । 

उनले भने, ‘मूलधारको राजनीतिमा आउने मौका नछाड्नुस्, नत्र चैत महिनाभित्र नियन्त्रणमा लिइसक्छौ ।’  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?