धितोपत्र बोर्डद्वारा एक अर्ब ५७ करोडको ‘आईपिओ’ निष्काशनको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डद्वारा अनुमति पाएसँगै सर्वसाधारणको लागि एक करोड ५७ लाख ३८ हजार १ सय ५० कित्ता शेयर बिक्रीमा आउने भएको छ।

बोर्डले अनुमति दिएसँगै एक अर्ब ५७ करोड ३८ लाख १५ हजार रुपैयाँ बराबरको एक करोड ५७ लाख ३८ हजार १ सय ५० कित्ता शेयर बिक्रीमा आउन लागेको हो । धितोपत्र बोर्डले चैत १० गते रसुवागढी हाइड्रोपावर र साञ्जेन जलविद्युत कम्पनीलाई उक्त परिमाणको शेयर निष्काशन गर्न अनुमति दिएको थियो । 

रसुवागढी हाइड्रोपावरले धितोपत्र बोर्डबाट सर्वसाधारणको लागि एक अर्ब दुई करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको एक करोड दुई लाख ६३ हजार १ सय ५० कित्ता ‘आईपिओ’ निष्काशन गर्न अनुमति दिएको हो। 

त्यस्तै बोर्डले साञ्जेन जलविद्युत कम्पनीलाई ५४ करोड ७५ लाख रुपैयाँ बराबरको ५४ लाख ७५ हजार कित्ता गरी कूल एक करोड ५७ लाख ३८ हजार १५० कित्ता शेयर निष्काशन गर्न अनुमति दिएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?