राजपा नेता महतोले भने,‘प्रधानमन्त्री ओली सीके राउतको प्रवक्ता’

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सीके राउतको प्रवक्ता बनेको टिप्पणी गरेका छन् । 

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राजपा नेता राजेन्द्र महतोले सो कुरा बताएका हुन् । 

नेता महतोले प्रधानमन्त्री ओलीले राष्ट्रिय राजनीतिमा एकपछि अर्को अपरिपक्वता प्रदर्शन गरिरहेको समेत बताए ।  

साथै उनले टीकापुर घटनालाई राजनीतिक घटनाको रुपमा बुझ्न सबैमा आग्रह समेत गरे ।  

‘तत्कालीन माओवादी सशस्त्र युद्धलाई जनयुद्ध भन्न मिल्ने, तर टीकापुर घटनालाई अपराधिक गतिविधिको संज्ञा दिँदै रेशम चौधरीलाई जन्मकैदको सजाय दिन चाहि मिल्ने’ उनले भने ।

यसैगरी रेशम चौधरीलाई जन्मकैदको फैसला भएको प्रति आपत्ति जनाउँलै उनले भने, ‘झापा आन्दोलन जसरी राजनीतिक आन्दोलन भनिए जस्तै टीकापुर घटनालाई पनि थरुहट आन्दोलनको रुपमा लिनुपर्छ ।’ 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?