चीन र फ्रान्स विशेष मित्र : राष्ट्रपति सी

एजेन्सी । चीन राष्ट्रपति सी चिन फिङले ‘चीन र फ्रान्स विशेष मित्र’ भएको बताएका छन् ।  

फ्रान्सले नयाँ चीनसँग राजदूत स्तरीय कुटनीतिक सम्बन्ध स्थापना गर्ने पहिलो पश्चिमी मुलुक रहेको स्मरण फ्रान्स भ्रमणमा रहेका सीले चीन–फ्रान्सबीचको सम्बन्धबारे फ्रान्सेली समकक्षीसँग चर्चा गर्ने क्रममा आइतवार बताएका हुन् ।  

उनले फ्रान्स र चीनबीचको सम्बन्धलाई थप सुमधुर बनाई दुवै देशको दीर्घकालीन विकास गर्दै यसको सन्देश बाँकि विश्वलाई दिनुपर्नेमा जोड दिए । 

उनले भने, “गत शताब्दीको साठीको दशकमा जनरल चाल्र्स डे गाउलेले जन गणतन्त्र चीनसँग चौतर्फी कुटनीतिक सम्बन्ध स्थापना गर्नुभएको थियो । चिनियाँले यसको प्रशंसा गरेका छन् । त्यसैले फ्रान्सप्रति चिनियाँको विशेष भावना छ ।” 

हाल फ्रान्समा अध्ययनरत चिनियाँ विद्यार्थीको संख्या करीब चालीस हजार रहेको छ भने एक लाखभन्दा बढी फ्रान्सेली विद्यार्थीले चिनियाँ भाषा सिकिरहेका छन् । 

हाल विश्वको विभिन्न मुलुकको सामु अभूतपूर्व परिवर्तन देखापरेको छ । यस्तो पृष्ठभूमिमा फ्रान्स र यूरोपेली संघले बाह्य सम्बन्धमा सामन्जस्यता कायम गर्न अन्वेषण गरेका छन् । चीन र यूरोपेली संघले निरन्तर अगाडि बढाइरहेको अन्तरक्रियाका क्रममा फ्रान्सका केही विद्वानले “बीआरआई“माथि ध्यान दिएका छन् । 

विश्वमा चीन र फ्रान्सले प्रभावकारी महत्वपूर्ण मापदण्ड सम्झने र पालना गर्ने मात्र दुई मुलुकको विशेष सम्बन्ध सुदृढ पारिने र विकास गरिने छ । 

सन् २०१८ मा चीनको सामाजिक उपभोग्य वस्तुको खुद्रा बिक्री रकम ४५० खर्ब चिनियाँ युआन पुगेको थियो । चीन विश्वको सबैभन्दा ठूलो उपभोग बजार बनेको थियो । चीन बजारले चीनका व्यापारिक साझेदारी खास गरी फ्रान्सका लागि ठूलो अवसर उपलब्ध गराएको छ । चीनको वाणिज्य मन्त्रालयको तथ्यांकअनुसार, चालू वर्षका अघिल्ला दुई महिना चीनले फ्रान्सबाट आयात गरेको मात्रामा ४२.२ प्रतिशतले बृद्धि भएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?