काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधारका लागि बृहत बैठक बोलाएका छन् ।
प्रधानमन्त्री प्रचण्डले आगामी मंसिर ४ गतेका लागि बैठक बोलाएको जानकारी गराए ।
आज तनहुँको आँबुखैरेनीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले आफूले सरकारको नेतृत्व गर्दा अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताउँदै अहिले केही सुधार आएको र थप सुधारका लागि बैठक बोलाइएको बताए ।
‘मैले सरकारको नेतृत्व गर्दा अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा थियो । अहिले अर्थतन्त्रमा राम्रो सुधार आएको छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘तर दबाबमुक्त भइसकेको छैन । मङ्सिर ४ गते मैले अर्थतन्त्र सुधार्न बृहत् बैठक बोलाएको छु ।’
त्यस्तै सोही बैठकले अर्थतन्त्र सुधारका लागि ठोस प्याकेज ल्याउने समेत बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया