निर्वाचन आयोगको प्रमुख आयुक्तमा दिनेश थपलिया सिफारिस

काठमाडौं । निर्वाचन आयोगको प्रमुख आयुक्तमा बहालवाला सचिव दिनेश थपलियालाई संवैधानिक परिषदले सिफारिस गरेको छ । 

सोमवार बसेको परिषद्को बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव थपलियालाई प्रमुख आयुक्तमा सिफारिस गरेको हो ।

आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादव र आयुक्त इला शर्माको ६ वर्षे कार्यकाल हिजो (आइतवार)बाट सकिएको थियो । रिक्त आयुक्त पदमा भने सिफारिस गरिएको छैन ।

यस्तै समावेशी आयोगको सदस्यमा विष्णुमाया ओझालाई नियुक्त गर्न सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?