सुजन र राकेशको जोडीलाई सफलता

काठमाडौं । सुजन राई र राकेश भट्टराईको जोडीले मानभवन ब्याडमिन्टन क्लब अन्तर ब्याडमिन्टन प्रतियोगितामा जित हात पारेका छन् ।

मानभवन नरपार्कस्थित ब्याडमिन्टन कोर्टमा सोमवार पुरुष युगलतर्फ सुजन र राकेशको जोडीले उमेश राई र हेमन्त श्रेष्ठको जोडीलाई पराजित गरे ।
    
समूह ‘ए’ दोस्रो चरणमा प्रवेश गर्ने क्रममा सुजन र राकेशको जोडीले उमेश र हेमन्तको जोडीलाई २३–२१,२१–१४ र २१–१६ को सेटमा पराजित गरे ।

समूह ‘सी’ को एकलतर्फ चित्र राईले जित हात पारे । चित्रले इश्वोर राईलाई २१–११ र २१–१३ को सेटमा पराजित गरे । समूह ’बी’ को एकलतर्फ तारा मान राईले अर्जुन पोखरेललाई पराजित गरे । प्रतियोगिताको विजेताले नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?