नवीनको बढुवा

काठमाडौं । तेक्वान्दोका मुख्य सहायक प्रशिक्षक नवीनकुमार श्रेष्ठ सेकेन्ड क्लास निर्णायकमा बढुवा भएका छन् । 

थर्ड क्लास निर्णायक भएको ८ वर्षको अवधिमा नवीन सेकेन्ड क्लासमा बढुवा भएका हुन् ।
    
विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेको आधारमा बढुवा हुने चलन रहेको नवीनले बताए ।
    
नवीन नेपाल तेक्वान्दो संघअन्तर्गतको निर्णायक कमिटीका संयोजकका साथै संघका सचिव पनि हुन् । तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले नवीनलाई सोमवार विश्व तेक्वान्दोबाट प्राप्त परिचय पत्र हस्तान्तरण गरे ।    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?