काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक छैठौं राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगितामा एपीएफ र न्यू डाइमण्ड एकेडेमीले विजयी शुरुवात गरेका छन् ।
हल्चोकस्थित एपीएफको कोर्टमा सोमवार सम्पन्न भएको खेलमा आयोजक एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई २५–१७, २५–१३ र २५–२० को सोझो सेटमा पराजित ग¥र्यो ।
त्यस्तै सोमवार नै भएको अर्को खेलमा न्यू डाइमण्डले नेपाल पुलिस क्लबलाई २५–२३, १४–२५,२५–१५ र २५–१५ को सेटमा हरायो । जारी यो प्रतियाृगिताको महिलातर्फ ६ टिम सहभागि छनु ।
प्रतियोगिताको विजेताले २ लाख ५० हजार तथा उपविजेताले १ लाख २५ हजार प्राप्त गर्ने छन् । त्यस्तै तेस्रो हुनेले ५० हजार पाउने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया