राष्ट्र बैंकले आगामी सोमबार २३ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने 

लोकपथ
42
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी सोमबार अर्थात यही मंसिर चार गते २३ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल बिक्री गर्नै भएको छ ।

सो दिन अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

बोलकबोलको माध्यमद्धारा बिक्री गरिने ट्रेजरी बिलको जारी मिति मंसिर पाँच गते तोकिएको छ भने ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले बोलकबोल पेश गर्न सक्ने छ ।

राष्ट्र बैंकका अनुसार बिक्री गरिने कुुल ट्रेजरी मध्येमा २८ दिने अवधिको आठ अर्ब, ९१ दिने अवधिको सात अर्ब २३ करोड ३२ लाख र एक सय ८२ दिने अवधिको आठ अर्ब रुपैंयाँ बराबरको रहेको छ । यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०८० पुस तीन गते, २०८० फागुन आठ गते र २०८१ जेठ आठ गते तोकिएका छन् । यि ट्रेजरीहरुमा ९१ दिने अवधिको तीन अर्ब रुपैंयाँको ट्रेजरी बिल नयाँ भएपनि बाँकी भने सबै पुरानो नवीकरण अन्र्तगतको रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसअघि यही कात्र्तिक २४ गते पनि राष्ट्र बैंकले १७ अर्ब ८५ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?