विश्वकप फाइनल : भारतीय टिमको जीतका पक्षमा पूजापाठ र हवन जारी, रेल र हवाई सेवाको प्रवन्ध

लोकपथ
210
Shares

काठमाडौं। भोलि (आइतबार) क्रिकेट विश्व कपको फाइनल खेल हुँदैछ । भारतको अहमदाबादमा हुने फाइनल खेलमा भारतको राष्ट्रिय टिम र अष्ट्रेलियाको राष्ट्रिय टिम प्रतिष्पर्धा गर्दैछन्।

विश्वकपको फाइनल आइतबार दिउँसो २ बजेदेखि अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ । अहमदाबाद र वरपरका शहरहरूमा छ तारे, पाँच तारे र तीन तारेसम्मका सुविधाजनक होटलहरु बूक भैसकेको छ। अरु स्तरका होटलहरूमा पनि कोठाको माग आकाशिएको छ ।

क्रिकेटको यो क्रेज यति बलियो छ कि आइतबार रातिको लागि शीर्ष छ तारे होटलहरूको कोठा भाडा एक लाख पुगेको छ।

समर्थकहरुले भारतको जीतका लागि प्रयागराज, मुम्बई, अहमदाबादमा पूजाअर्चना सहित यज्ञहवन गरेर प्रार्थना गरिरहेका छन्।

रेलवेले दिल्ली र मुम्बईदेखि अहमदाबादसम्म विशेष ट्रेनहरू चलाउने घोषणा गरेको छ। फाइनल खेल हेर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अष्ट्रेलियाका उपप्रधानमन्त्री तथा रक्षामन्त्री रिचर्ड मार्ल्स पनि उपस्थित हुनेछन्।

खेल अघि एयर शो

फाइनल खेलअघि भारतीय वायुसेनाले एयर शो आयोजना गर्ने भएको छ। भारतीय वायुसेनाको एरोबेटिक टोली सूर्यकिरणले शुक्रबार र शनिबार रिहर्सल गरेको थियो । यो शो खेल हुनुभन्दा करिब नौ मिनेट अघिसम्म चल्नेछ।
फेडरेशन अफ होटल एण्ड रेष्टुरेन्ट एसोसिएसन अफ गुजरातका अध्यक्ष नरेन्द्र सोमानीका अनुसार दुबई, अष्ट्रेलिया, दक्षिण अफ्रिकाका फ्यानहरू पनि अहमदाबाद उत्रिसकेका छन्।

शहरका तीन र पाँचतारे होटलमा ६ हजार ९ सय कोठा छन् । गुजरातमा हजारौं कोठा छन् । खेल हेर्न भारतबाहिरबाट दुई हजार दर्शक आउने अपेक्षा गरिएको छ। जसका कारण छ तारे होटलमा कोठा भाडा एक हजारको सट्टा साढे दुई लाख रुपैयाँसम्म पुगेको छ ।

भारत र अस्ट्रेलियाबीचको यो हाई भोल्टेज खेल हेर्न हजारौं मानिस अहमदाबाद पुगेका छन्।

क्रिकेट फ्यानहरूको सुविधाको लागि, भारतीय रेलवेले शनिबार दिल्लीदेखि गुजरातको अहमदाबादसम्म विशेष ट्रेन चलाउने घोषणा गरेको छ ।

रेलवे बाहेक, एयरलाइन्स कम्पनीहरूले पनि अहमदाबादको लागि थप उडानहरूको व्यवस्था गरेका छन्। त्यहाँ मुम्बई र अहमदाबाद बीच दैनिक उडानहरू छन्, फाइनल खेलका कारण उडानको संख्या उत्कर्षमा पुगेको छ ।

शनिबार र आइतवार अहमदाबाद एयरपोर्टमा ८० भन्दा बढी चार्टर्ड विमानहरू अवतरण गर्न सक्ने बताइएको छ।

अहमदाबाद एयरपोर्टको क्षमता चार्टर्ड प्लेनको पार्किङका लागि मात्रै छ, यस्तो अवस्थामा गान्धीनगर र वडोदरामा धेरै प्लेन पार्किङ हुनेछन् भने इन्डियन एयरलाइन्स र सेलिब्रेटीका चार्टर्ड प्लेनलाई पनि सुरत, राजकोटमा पार्किङको सुविधा दिइएको छ ।

भारतीय कप्तान एमएस धोनी र कपिल देव पनि खेल हेर्न अहमदाबाद पुग्नेछन्। कपिल देवको कप्तानीमा भारतले पहिलो एकदिवसीय विश्वकप जितेको थियो। त्यसपछि महेन्द्र सिंह धोनीको कप्तानीमा भारतले दोस्रो पटक विश्वकपको उपाधि जितेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?