चाल्नाखेलमा बस दुर्घटना हुँदा ३५ घाइते, ३ को अवस्था गम्भीर

काठमाडौं । काठमाडौंको दक्षिणकालीबाट रत्नपार्कतर्फ आउँदै गरेको बस दुर्घटनामा परेको छ ।

ना ३ ख १४४४ नम्बरको यात्रुवाहक बस आज ‘मंगलवार’ बिहान साढे ६ बजे चाल्नाखेलमा दुर्घटना भएको हो ।  दुर्घटनामा ३५ जना घाइते भएका छन् भने ३ को अवस्था गम्भीर छ । बस फर्पिङबाट पुरानो बसपार्क आउने क्रममा दुर्घटना भएको हो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक कृष्णदत्त भट्टका अनुसार बस हिलो सडकमा चिप्लिएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका २४ मध्ये १२ को मनमोहन अस्पताल स्वयम्भू र १२ जनाको वयोधा अस्पताल बल्खुमा उपचार भइरहेको छ ।

घाइतेको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?