अखण्ड एनआरएनए बनाएर पुनः चुनावमा जानुपर्छ : आर के शर्मा

लोकपथ
70
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष राजेन्द्र कुमार (आर के) शर्माले संघमा अहिले देखिएको विवाद समाधान गर्न अखण्ड एनआरएनए बनाएर पुनः चुनावमा जानु पर्ने बताएका छन्।

शनिबार जीएनएन नेटवर्कसँग कुरा गर्दै अध्यक्ष शर्माले निर्वाचन समितिले नै निर्वाचनमा गलत भयो भनेपछि अबको विकल्प भनेको पुनः निर्वाचन नै भएको बताए।

‘तत्कालिन अध्यक्षहरु बद्री केसी, कुल आचार्य र रविना थापासँग बसेर भद्र सहमति गरेर सबै प्रक्रिया स्थगित गरिएको थियो । तर ८ घण्टाभित्रै जवरजस्ती कुनै पनि प्रक्रिया पूरा नगरेर बद्री केसीलाई अध्यक्ष घोषणा गर्ने काम भएपछि हामीले दुई जना अध्यक्ष कुल आचार्य र रविना थापालाई राखेर, पुरानो कार्यसमिति भंग गरेर अध्यक्ष मण्डल गठन गरेर सबै प्रक्रिया पूरा पछि मात्रै मेरो नेतृत्वमा कार्यसमिति गठन भएको हो,’ शर्माले भने, ‘ वैधानिकताको कुरा गर्ने हो भने बद्री केसी पक्षले विधानसम्मत कुनै पनि प्रक्रिया पूरा नगरेकाले उहाँको कार्यसमिति बैध छैन । विगतमा गरेको झेलीलाई हामी मान्दैनौं । हाम्रो एकमात्र माग भनेको अखण्ड एनआरएन बनाएर पुनः चुनावमा जानुपर्छ,ू उनले भने।

कुराकानीको क्रममा अध्यक्ष शर्माले बद्री केसी र गौरीराज जोशी लगाएतले आफैले बनाएको विधानलाई कुल्चिएर गएको आरोप लगाए।

‘हाम्रो लडाई संस्था कसरी बचाउने भन्ने लडाई हो । दशौं अधिवेशनका बेला विनोद कुवँरजीहरुलाई उहाँहरुले नै बाहिर पठाउनु भएको हो । यदि पुनः चुनाव गराउने हो भने म उम्मेदवार हुनै पर्छ भन्ने पनि छैन । बद्री केसीजीलाई चुनाव लड्न गाह्रो छ भने आउनुस् तपाईं र म बाहेक नेतृत्व चयन गरौं । हामी सानो सानो टुक्रे एनआरएनए बनाउने होइन, अखण्ड एनआरएनए बनाउन चाहन्छौं’, उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?