चार देश सम्मिलित टि-२० सिरिजको तेस्रो स्थानमा नेपाल

लोकपथ
35
Shares

काठमाडौं । चार देश सम्मिलित महिला टि–२० सिरिजमा नेपालले तेस्रो स्थान हासिल गरेको छ । आज भएको खेलमा जापानलाई ४५ रनले हराउँदै नेपाल तेस्रो भएको हो ।

हङकङमा जारी प्रतियोगितामा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा एक सय १५ रन बनाएको थियो । नेपालका लागि पूजा महतोले ४३ रोमा थापाले २२  रुविना क्षेत्रीले २१ तथा कप्तान इन्दू बर्माले १२ रन बनाए ।

बलिङतर्फ जापानकी अहिल्या चण्डेल  एरिका टोगुची क्युइनले एक एक विकेट लिए ।

एक सय १६ रनको विजयी लक्ष्य पछ्याएको जापानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७० रन बनायो । जापानका लागि अकरी निशीमुराले २९, हिनासे गोटोले १६ र अहिल्या चण्डेलले ११ रन बनाइन् ।

जापानलाई सस्तैमा रोक्न सङ्गिता राई  इन्दू बर्मा सीता राना मगर खुशी डङ्गोल र सोनी पाख्रिनले एक एक विकेट लिए ।
महिला टि–२० सिरिजमा आयोजक हङ्कङसँगै नेपाल तान्जानिया र जापान सहभागी भएका थिए । तान्जानिया र हङकङबीच उपाधिका लागि प्रतिश्पर्धा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?