गाजाको अल शिफा अस्पतालमा खतरा बढेको डब्ल्यूएचओको दाबी

लोकपथ
105
Shares
फाइल तस्बिर

काठमाडौं । विश्व स्वास्थ्य संगठनले गाजा पट्टीको अल शिफा अस्पतालमा मानवीय संकट गहिरिँदै गएको बताएको छ ।डब्ल्यूएचओका अधिकारीहरूले आफ्नो ज्यान जोखिममा राखेर मानिसलाई बचाउने प्रयास गरिरहेको बताएका छन्।

डब्ल्यूएचओका अधिकारीहरूले हाल इजरायली सेनासँग बिरामी र कर्मचारीहरूको निकासीको लागि सुरक्षित मार्ग स्थापना गर्न समन्वय गरिरहेका छन्। विश्व स्वास्थ्य संगठनले एक विज्ञप्ति जारी गर्दै अल शिफा अस्पतालमा तैनाथ टोलीहरूले अस्पतालको गेटमा सामूहिक चिहान र त्यहाँ ८० भन्दा बढी मानिसहरू गाडिएका बताएका छन् ।

इजरायल–हमास युद्धमा हालसम्म १४ हजार मानिसले ज्यान गुमाएका छन् । जसमध्ये गाजा पट्टीमा १२ हजार ३ सय र इजरायलमा १४ सय जनाको मृत्यु भएको छ । इजरायल र अमेरिकाले बन्धकहरूको रिहाइका लागि हमाससँग संयुक्त रूपमा सम्झौता गरिरहेको समाचारहरू पनि बाहिरिएका छन्। तर, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यसलाई अस्वीकार गर्दै अहिलेसम्म त्यस्तो कुनै सम्झौता नभएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?