विश्वकप फाइनल : ५४ रन जोडेर कोहली आउट

लोकपथ
259
Shares

काठमाडौं । एक दिवसीय विश्वकपको फाइनलमा हाल भारत र अस्ट्रेलियाबीच खेल भइरहेको छ ।

टस हारेर ब्याटिङ गरेको भारतले चौथो विकेटका रुपमा विराट कोहलीलाई गुमाएको छ । कोहली ५४ रन जोडेर आउट भएका हुन् ।

यसअघि, भारतका ओपनर ब्याट्सम्यान शुभमन गिल ४ रनमा आउट भएका थिए । भारतले पहिलो विकेटको रुपमा गिललाई गुमाएको हो ।

मिचेल स्टार्सको बलमा एडम जम्पाको हातबाट गिल क्याच आउट भएका हुन् । कप्तान रोहित शर्मापनि ४७ रनमा पोविलियन फर्किएका हुन् । श्रेशय अय्यर प्याट कुमिन्सको बलमा जोस इग्लिसबाट क्याच आउट भए । श्रेयशले मात्र ४ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?