काठमाडौं । अन्तराष्ट्रिय बजारमा निकै लोकप्रिय रहेको टेक्नो मोबाइलका दुई नयाँ फोन नेपाली बजारमा सार्वजानिक भएको छ ।
टेक्नो मोबाइलको नेपालका लागि आधिकारिक वितरक महालक्ष्मी मोबाइल्सले पोभा ५ र क्यामन २० नेपाली बजारमा भित्र्याएको हो ।
टेक्नो मोबाइल सिरिज अन्तर्गतको पछिल्लो नयाँ संस्करण पोभा ५ विशेष गरि मोबाइल गेमिङ्गमा रुचि राख्नेहरुले निकै रुचाउनेमा वितरक कम्पनि विश्वस्त छ।
कम्पनीका अनुसार८+८ जिबिको ¥याम, १२८ जिबिको इन्टरनल स्टोरेज र ४५ वाटको चार्जर सहितको यो मोबाइलले अल्टिमेट गेमिङ्गको अनुभव दिनेछ। ६००० मेगाहर्जको ब्याट्रीका साथ आउने यो फोन ६.७८ ईन्च एफएचडि प्लस डट ईन डिस्प्लेमा उपलब्ध छ । यसमा जडित ‘भ्यापर च्याम्बर’ ले फोन नतात्ने र ६ एमएन प्रोसेसरले ल्यागिङ्ग समस्या पनि नहुने वितरक कम्पनीको भनाइ छ । ५० मेगा पिक्सेलको एच डि डुअल रेअर क्यामेरा पोभा ५ मोबाइलको अर्को आकर्षक फिचर हो ।
त्यसैगरी फोटो या भिडियोग्राफीमा रुचि राख्नेहरुको रोजाइमा पर्ने सम्भावना बोकेको मोबाइल हो, क्यामन २० मोबाइल, ६४ मेगा पिक्सलको सुपर नाइट रेयर क्यामेरा र ३२ मेगा पिक्सलको ए आई सेल्फी क्यामेराको साथमा क्यामन २० आकर्षक ७.८ मिमि पातलो डिजाइनमा उपलब्ध रहेको छ । ६.६७ इन्चको डिस्प्लेमा नै रहेको फिंगर प्रिन्ट सेन्सरका साथमा ३३ वाटको चार्जर, यो मोबाइलको अर्को आकर्षक फिचर हो ।
यो फोनको ५००० मेगाहर्जको ब्याट्री र ८+८ जिबि ¥यामले प्रयोगकर्तालाइ अभुतपुर्व अनुभव दिने वितरक कम्पनीको भनाई छ । नयाँ प्रविधिको प्रयोग गर्न र नौलो अनुभव गर्न सधैँ उत्साहीहरुका लागि टेक्नोका यी दुई फोन सहि र उचित रोजाई बन्ने कम्पनीले दावी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया